घरमा चट्याङ परेपछि आगलागीले नष्ट, ६ जनाको परिवार विस्थापित
गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा आइतबार चट्याङका कारण एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय वसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ। उनीहरू छिमेकीको…



