विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौँ — नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ। युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
त्यस्तै अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको भाउ पनि क्रमशः १०३ रुपैयाँ ८७ पैसा, १०८ रुपैयाँ ७९ पैसा र ११७ रुपैयाँ ४१ पैसा (खरिददर) निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ।






