म सिंह हुँ, एक कदमपछि हटेर, आक्रमण गर्छु: दुर्गा प्रसाईं

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू नेपालमै लुक्ने ठाउँ भेटेको बताएका हुन्। शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भारत पुगेको हल्ला फैलिएको थियो।

तर, उनले आफ्नो फेसबुकमार्फत नेपालमै लुकेर भावी रणनीति तयार गरिरहेको बताएका हुन्। प्रसाईंले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै आगामी कदमको तयारीमा जुटेको उल्लेख गरे।

“सिकार गर्नुअघि सिंह एक कदम पछि हट्छ, अनि आक्रमण गर्छ। म सिंह नै हुँ, छिट्टै भ्रष्टाचारीको मलामी लिएर आउँछु,” उनले फेसबुकमा लेखेका छन् “मैले नेपालमै लुक्ने ठाउँ भेटेको छु, तर नेताहरूले भविष्यमा त्यस्तो ठाउँ पाउने छैनन्।,”

तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेपछि प्रहरीले प्रसाईंको खोजी तीव्र पारेको छ। उनी भूमिगत बनेको चर्चाबिच उनको यो दाबीले थप तरङ्ग ल्याएको छ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रसाईंको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *