झापामा गोरु काट्ने पाँच जना पक्राउ

गौरादह, झापा । गौरादह नगरपालिका–१ मा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोही ठाउँका २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरूलाई गोरुको मासु झैँ देखिने मासु बोरामा हालेर लैजाने क्रममा प्रहरीले फेला पारी सोधपुछ गर्दा, उक्त मासु गौरादह–१ स्थित बेलडाँगी पानीट्याङ्की छेउमा बस्ने शंकर लिम्बूको घरमा बहर काटी ल्याएको खुलासा भएको थियो।

प्रहरी टोलीले लिम्बूको घरमा छापा मार्दा निलो प्लाष्टिक ओछ्याइएको ठाउँमा बोरा, डोको र सेतो बाल्टिमा बहरको टाउको, खुट्टा, छाला र अण्डकोष फेला पारेको जनाएको छ। घटनास्थलबाट अन्दाजी १५० केजी बहरको मासु बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको र उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *