लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्छौंः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक माध्यम समाधान गरिने बताएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताए।

उनले सन् १९६२ भन्दा पहिलेसमेत नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएमा बीचमा कसरी हट्यो? भन्दै प्रतिप्रश्न गरे। उनले भारतसम्बन्धी सीमा विवाद कसैलाई समस्या नहुने गरी समस्याको सधैँको लागि समाधान गर्ने गरी कूटनीतिक संवाद र वार्ता गर्नुपर्ने बताए।

उनले भने, ‘सन् १९६२ पहिले हाम्रो नक्सा पनि सोहीअनुसार थियो र उक्त भूभागसमेत नेपालकै अधिनमा थियो। अहिले जस्तो नक्सा छ, पहिले पनि त्यस्तो नै थियो। त्यसपछि नेपालको नक्सा किन फेरियो, कसले फेर्‍यो? यो समस्या कूटनीतिक वार्ताको माध्यमबाट समाधान गरिन्छ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *