विमानस्थल बाहिर पूर्वराजाको भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले उनको स्वागत गरेका छन्। शाह समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन्।

राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए। पूर्वराजा शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौँको संख्यामा उनका समर्थकहरू भेला भएका छन्। उनीहरूले पूर्वराजा शाहलाई र्‍याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ।

बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्। उनको स्वागत गर्नका लागि विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *