निलम्बित न्यायाधीश भुवन गिरीले पाए वैवाहिक बलात्कार मुद्दामा सफाइ

काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनलेस सफाइ दिएको छ ।

वैवाहिक बलात्कार मुद्दामा आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर सर्वोच्च अदालतले २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो ।

पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश बदर गर्दै गिरीलाई दिएको छ । सम्बन्ध विच्छेदपछि सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै आरती रावलले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी पत्नी रावल सर्वोच्च अदालतकै अनसन बसिन्। बहस चलिरहँदा रावलले इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *