ग्लोबल आईएमइको करोडौँ भ्रष्टाचारमा राष्ट्र बैंकको छानबिन, सिईओसहित तीनजनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमइ बैंक लिमिटेडमा भएको करोडौं रुपैयाँको अनियमितताबारे छानबिन अघि बढाएको छ। सोहिअनुसार राष्ट्र बैंकले सिईओसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ।

राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित डेपुटी सिईओ सुमन पोखरेल र मार्केटिङ विभाग प्रमुख योगेश पोखरेललाई स्पष्टीकरण सोधी लिखित जवाफ दिन निर्देशन दिएको हो।

बैंकका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलले आफ्नी पत्नी प्रभा पन्थीका नाममा २०७७ सालदेखि ‘थर्ड पोल मिडिया ग्रुप’ खडा गरी बैंकबाट मासिक दुई लाख रुपैयाँ लिँदै आएको तथ्य प्रमाणसहित उजुरी परेपछि राष्ट्र बैंकले अनुसन्धान थालेको हो।

प्रारम्भिक जाँचका क्रममा नियमित सुपरिवेक्षणमै कैफियत देखिएपछि बैंक पोखरेलसहित बैंकका उच्च अधिकारीहरूलाई बोलाएर स्पष्टीकरण सोधेको बैंक सुपरिवेक्षण विभागले जनाएको छ। लिखित जवाफ आएपछि थप कारबाही प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले जानकारी दिए।

पोखरेलकी पत्नी पन्थी स्वयं पनि सोही बैंककी कर्मचारी हुन्। प्राप्त विवरणअनुसार उनी  मनमैजु शाखामा कार्यरत छिन्। श्रीमतीकै नाममा कम्पनी खडा गरी निरन्तर रुपमा सार्वजनिक संस्थाको रकम दुरुपयोग गर्ने कार्य स्पष्ट रूपमा हितको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टेरेस्ट) र अख्तियारको दुरुपयोग भएकोले उक्त बिषयमाथि अविलम्ब छानबिन गरी कारबाही गर्नुपर्ने उजुरकर्ताको माग छ। त्यस्तै यस किसिमको गम्भीर विषयमा पनि बैंक व्यवस्थापन मौन बस्नुले संस्थागत सुशासनमाथि प्रश्न उठेको कर्मचारीहरूकै  गुनासो छ।

बैंकका गुनासो अधिकारी अनिल जोशीले कर्मचारीबाट अनियमितता प्रमाणित भए निलम्बन, रकम असुलउपर र आवश्यक परे केन्द्रीय अनुसन्धान ब्युरोसम्म सिफारिस गर्न सकिने बताएका थिए। तर, यतिबेलासम्म सम्बन्धित अधिकारीमाथि आन्तरिक कारबाहीसमेत अघि नबढ्नुले व्यवस्थापनको नियतप्रति शंका उत्पन्न भएको छ। सूचना अधिकारी सुमन पोखरेल सम्पर्कमै आउन चाहँदैनन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को दफा ८२ र ९९ तथा राष्ट्र बैंकको एकीकृत निर्देशिकाले पदको दुरुपयोग, अस्वाभाविक सुविधा लिने–दिने र पारिवारिक सम्बन्ध जोडेर लाभ लिने कार्यलाई स्पष्ट रूपमा निषेध गरेको छ। कानुनअनुसार यस्तो कार्य प्रमाणित भए असुलउपर, जरिवाना र पदबाट हटाउनेसम्मको कारबाहीको व्यवस्था छ। तर, व्यवहारमा भने प्रभावशाली व्यक्तिका आडमा अपराध गर्नेमाथि कारबाही हुँदैन भन्ने नजिर प्रसस्तै छन्।

यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बैंकभित्र वित्तीय अनियमितता भेटिए कडा कारबाही हुने बताएका छन्। “अपराध गर्ने जो–कोही भए पनि कानुनी दायरामा ल्याइन्छ,” उनले भनेका छन्। तर, विगतका घटनाले देखाएझैं कारबाही कागजी चेतावनी/ नसिहत र सचेत गराएर उन्मुक्ति दिनेमै सीमित हुने आशंका गरिएको छ।

पोखरेल अध्यक्ष चन्द्र ढकाल निकट छन्। उनी बैंकका कर्मचारी कम अध्यक्षका कारिन्दा बढी हुन्। उनको निकटतम सम्बन्धलाई देखाएर अनियमितता र अपराधमा समेत संरक्षण पाउने प्रवृत्ति बैंकभित्र हाबी भएको र यस पटक पनि त्यसो नहोला भन्न नसकिने राष्ट्र बैंककै कर्मचारीहरू लगाउँछन्।

यदि आरोप प्रमाणित भए यो प्रकरण केवल एक व्यक्तिको अनियमितता नभई बैंकको शीर्ष तहसम्म फैलिएको संरचनागत विकृति पर्दाफास हुने भएकाले नियामकको कडाइ र पारदर्शी छानबिनले मात्रै राष्ट्र बैंकको काम गराइमा स्पष्टता ल्याउने बैंकका अधिकारीहरु बताउँछन्।

 

ग्लोबल आईएमई बैंक विरुद्ध सीआईबीमा जाहेरी

‘पब्लिकको पैसामा चन्द्र ढकाल एण्ड कम्पनीको प्रमोसन गर्छ ग्लोबल आईएमई बैंक’

बेलायतमा चन्द्र ढकालका अवैध लगानी, बर्षौंदेखि हुण्डीमार्फत् कालो धन ओसारपसार (विवरणसहित)

मनी ट्रान्सफरको आवरणमा हुन्डी : ‘आइएमइ’ र ‘इसेवा’ माथि अभियोग मात्रै किन ?

रास्वपाको समानुपातिक सूचीमा अर्बपति व्यापारीका छोरा, समावेशी प्रणालीकै धज्जी

धरौटी रकमको स्रोतमाथि दिल निशानीको व्यङ्ग्यात्मक प्रहार: ढकाल–लामिछाने कनेक्सनमाथि आशंका

चन्द्रागिरीमा नियमविपरीत आईएमइ समूहको ठगी, सम्झौतामा के छ ? हेर्नुहोस् रिपोर्ट

पाथिभरा केबलकार: प्रतिस्पर्धाविनै आईएमइ समूहको एकलौटी, ऐन विपरित राष्ट्रिय वन कब्जामा

टाट पल्टिँदै आईएमई को-अपरेटिभ सर्भिस: सर्वसाधारणको निक्षेप संचालकद्वारा दुरुपयोग !

ग्लोबल आईएमइ बैंकका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैंकका हाकिमकै संरक्षण

आईएमइ समूहको साईबर आतंक: आफ्नाविरुद्ध समाचार रोक्न पत्रकारकै चरित्रहत्या

ग्लोबल आईएमई बैंकका कर्मचारीको किर्ते धन्दा: आफ्नै श्रीमतिलाई दिन्छन् मासीक २ लाख

ग्लोबल आईएमई बैंकमा वित्तीय अपराध: कर्मचारीकै ‘मिडिया ग्रुप’,व्यापार प्रवर्द्धनका नाममा ‘ब्रम्हलुट’

ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख योगेश पोखरेलविरुद्ध राष्ट्र बैंकमा उजुरी

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *