ग्लोबल आईएमइ बैंकका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैंकका हाकिमकै संरक्षण

काठमाडौं । भ्रष्टाचार तथा अनियमिततामा संलग्न ग्लोबल आईएमइ बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नै संरक्षण गर्दै आएको भेटिएको छ। बैंक भित्र रहेर अख्तियारको दुरुपयोग गर्दै आएका कर्मचारी जोगाउन नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख दीर्घ रावल नै लागिपरेको भेटिएको हो।

बैंकका मार्केटिंग विभाग प्रमुख समेत रहेका पब्लिक रिलेशन अफिसर योगेश पोखरेलले व्यापर प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्ववापतको रकम आफ्नै कम्पनीमार्फत् झिक्दै आएको बिषयमाथि बैंक सुपरिवेक्षणमा गएका कर्मचारीले अनुसान्धान थालेका थिए। तर, बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालनिकट मानिएका रावलले राजनीतिक दवावमा उक्त बिषयमाथिको छानबिन प्रक्रिया नै रोकिदिएका छन्।

पोखरेलले बैंकका जागिरे भए पनि ढकालको निजी कम्पनी आईएमइ ग्रुप तथा उनले नेतृत्व गरेको एफएनसीसीआईको काम गर्दै आएका छन्।

राष्ट्र बैंक स्रोतका अनुसार बैंकभित्र भएका अनियमिततामाथि छानविन गरिपाउँ भन्ने उजुरीसँगै संचारमाध्यममा सार्वजनिक भएका प्रमाणका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

तर, बैंक सुपरिवेक्षण विभाग प्रमुख रावलले हाललाई उक्त बिषयको छानविन रोक्न निर्देशन दिएको विभागका एक अधिकारीले बताए। उनले भने, ”यस बिषयमा हामीलाई रावल सर आउनुभन्दा अधि नै जानकारी आएको थियो। सोहि आधारमा छानविन पनि भएको हो। तर,  उहाँले अहिले उक्त बिषय माथि पठाउने रिपोर्टमा नहाल्नु भनेपछि हामीले जबर्जस्ती गर्ने कुरा भएन।”

ग्लोबल आईएमइ बैंकमा देखिएको अन्य वित्तीय अपराधमा समेत रावलले हस्तक्षेप गरेको उनको गुनासो छ। बैंक सुपरिवेक्षण विभागमा आएको दिनदेखि नै नियमित हुने सुपरिवेक्षण कार्यमा समेत रावलले बैंकको काममा आफ्नो व्यक्तिगत स्वार्थअनुसार हस्तक्षेप गर्ने र गम्भीर बिषयमा समेत गलत प्रतिक्रिया लेखेर माथि बुझाउने गरेको उनी बताउँछन्।

ती अधिकारीका अनुसार रावलले आँफू निकटका अन्य बैंकका सुपरिवेक्षणमा देखिएका कमी कमजोरी लुकाउन कर्मचारीमाथि दवाव दिँदै आएका छन्।

यस बिषयमा रावलले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले भनेका छन्, ‘यो तपाइको चासोको बिषय होइन। म राष्ट्र बैंकको प्रवक्ता पनि होइन। म तपाइलाई जवाफ दिन आवश्यक ठान्दिन।’

बैंकका गुनासो अधिकारी अनिल जोशीले यदि यस बिषय सत्य प्रमाणित भएमा त्यस्ता कर्मचारीलाई निलम्बन गरी कारबाहीका लागि साईबर व्यरोलाई पत्राचार गर्ने बताउँदै आएको भए पनि हालसम्म प्राप्त जानकारी अनुसार पोखरेल र उनकी श्रीमती पन्थीमाथि कुनै पनि किसिमको छानविन प्रक्रिया अघि बढाइएको छैन।

बैंकका बजार प्रबन्धक प्रमुख तथा पब्लिक रिलेसन अफिसर पोखरेलले अख्तियारको दुरुपयोग गर्दै आफ्नै कम्पनीमा मासिक २ लाख भन्दा बढी रकम निकाल्दै आएको बिषय अर्थसंजाल डटकममा सार्वजनिक भएको थियो।

पोखरेलले बैंकको मनमैजु साखमा कार्यरत पत्नी प्रभा पन्थीका नाममा कम्पनी कम्पनी खोलेर बैंकबाट रकम अशुल गर्दै आएका छन्।

छुटाउनु भयो कि ?

वित्तीय अपराधबाट उम्किन पोखरेलको ‘प्रपन्च’: श्रीमती प्रभाको नाम हटाए, अर्कै व्यक्ति भित्र्याए [फलोअप]

ग्लोबल आईएमई बैंकमा वित्तीय अपराध: कर्मचारीकै ‘मिडिया ग्रुप’,व्यापार प्रवर्द्धनका नाममा ‘ब्रम्हलुट’

ग्लोबल आईएमई बैंकका कर्मचारीको किर्ते धन्दा: आफ्नै श्रीमतिलाई दिन्छन् मासीक २ लाख

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *