भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक…

Read More

लिजहोल्ड सम्पत्तिदेखि फर्निचरसम्म बिक्री गर्दै कुमारी बैंक, इच्छुकलाई प्रस्ताव पेश गर्न आग्रह

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरू एकीकरण तथा समायोजन गर्ने क्रममा ती शाखाहरूमा रहेका लिजहोल्ड सम्पत्ति, फर्निचर, फिक्स्चर, उपकरण तथा अन्य कार्यालय सामग्री बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। बैंकले २०८३ जेठ २० गते प्रकाशित सूचनामार्फत केही शाखा कार्यालयहरू नजिकका अन्य शाखासँग गाभेर सेवा सञ्चालन गर्ने निर्णय गरेको…

Read More

वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । गत…

Read More

सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा : १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण 

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०८३ जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको…

Read More

लिङ्देन र धवललाई ज्ञानेन्द्रले भने – ‘हाम्रा नेताका खुरापाती राजनीतिले भगवान पनि वाक्क भइसकें’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको पछिल्लो गतिविधिप्रति असन्तृष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् । लिङ्देन र राणाको आरोप–प्रत्यारोपबारे कडा असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् । पार्टीभित्रको विवाद र शक्ति संघर्षले कार्यकर्ता तथा युवापुस्तामा निराशा…

Read More

लुम्बिनीमा एमालेका ४ मन्त्रीले एकैसाथ राजीनामा दिँदै

दाङ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी ४ मन्त्रीले राजिनामा दिने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन्। सरकार पुनर्गठनको तयारीस्वरूप भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा…

Read More

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले लिखित राजीनामा बुझाएका हुन्। यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ । नेकपा एमाले प्रदेश अध्यक्ष…

Read More

बैंकिङ प्रणालीबाट आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज जेठ २० गते दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम संकलन गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग…

Read More

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, को-को परे ?

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो । कार्यालयले सार्वजनिक गरेको सूचनामा विवरणमा कुनै फरक परे वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ…

Read More

हिमालयन पावरको हकप्रद शेयर बाँडफाँड, कति जनाले पाए ?

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले गत चैत ९ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री अवधिभर रितपूर्वक आवेदन दिने ४६…

Read More

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोहि मूल अर्थात प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस दिन चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार…

Read More

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकविरुद्ध मुद्दा दायर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरिएको छ। भक्तपुरको ठिमी निवासी शिव प्रकाशले कम्पनीले ४१ दिनसम्म इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि मर्मत नगरेको, पटक–पटक गुनासो गर्दा बेवास्ता गरेको तथा मानसिक सास्ती दिएको आरोप लगाउँदै मंगलबार फिरादपत्र दर्ता गरेका हुन्। फिरादपत्रअनुसार अप्रिल २२, २०२६…

Read More

राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नरसमेत बीमा प्राधिकरणको अध्यक्ष बन्न इच्छुक, ५० जनाको आवेदन अर्थमन्त्रालयमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिनसम्म ५० जनाले अर्थमन्त्रालयमा आवेदन दर्ता गराएका छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि नेपाल राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नर बम बहादुर मिश्र समेत इच्छुक देखिएका छन्। त्यस्तै, डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उप निर्देशक…

Read More

भुक्तानी प्रणाली सञ्चालक र प्रदायकहरुमाथि राष्ट्र बैंकको कडा निगरानी, के छ नयाँ संशोधित व्यवस्थामा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्थामाथि निगरानी थप कडा बनाएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै संस्थाका लगानीकर्ता, वास्तविक धनी, हिताधिकारी, सञ्चालक तथा उच्च व्यवस्थापनमा रहने व्यक्तिको विस्तृत पृष्ठभूमि विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको हो। भुक्तानी तथा फस्यौट ऐन,…

Read More

इरानद्वारा कुवेतस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण

इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको छ। इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ। त्यसअघि अमेरिकी सेनाले इरानको केश्म टापु तथा अन्य सैन्य संरचनामाथि कारबाही गरेको भन्दै जवाफि आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) ले कुवेत र बहराइनमा रहेको अमेरिकी…

Read More

इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको भन्ने समाचारहरू झूटो भएको बताएका छन्। उनले अमेरिका र इरानबीच लगातार संवाद भइरहेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरान–अमेरिका वार्ता कुनै पनि दिन नरोकेको र निरन्तर जारी रहेको बताएका हुन्। उनका अनुसार पछिल्ला केही दिनहरूमा पनि—चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक…

Read More

छानबिन आयोगलाई सम्पत्ति विवरण नबुझाउने पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूकाे अड्डी

काठमाडौं। पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशसँग सम्पत्ति विवरण भराउने र जाँचबुझ गर्ने कार्य हालको संविधान र कानुन प्रतिकूल देखिएको निष्कर्षसहित उनीहरूले नबुझाउने निर्णय गरेका हुन्। आयोगले सम्पत्ति विवरण मागेपछि उनीहरूले एकीकृत धारणा बनाएर सम्पत्ति विवरण नबुझाउने बताएका छन्। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमारप्रसाद साह, गोपाल पराजुली,…

Read More

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२:१५ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’…

Read More

यी हुन् खारेज र पुनर्संरचनामा परेका ५५ वटा सरकारी निकाय, राज्यलाई २० अर्ब बचत हुने

काठमाडौं — सरकारले विभिन्न बोर्ड, समिति, आयोग तथा आयोजनासहित ५५ सरकारी निकायलाई खारेज, एकीकरण, हस्तान्तरण तथा पुनर्संरचना गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको छ। सरकारका अनुसार ५५ निकायमध्ये ३१ पूर्ण रूपमा खारेज हुनेछन्। १२ निकाय एकआपसमा गाभिनेछन् भने…

Read More

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् ।…

Read More