विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यस लगतै मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई…

Read More

षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका २०७३ खारेज, अब २०८३ को नियमावली अनिवार्य लागू हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गरेको छ। मन्त्रालयको प्रमाणीकरण शाखाले सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी नियमावली, २०८३’ गत असार २५ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेकाले पुरानो निर्देशिका खारेज गरिएको जनाएको हो। मन्त्रालयका…

Read More

शिक्षासमितिको बैठक आज बस्दै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुने

काठमाडौं। संघीय संसद् अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको हलमा बस्न लागेको हो। आजको बैठकमा विशेष गरी ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा विधेयकका प्रावधानहरू, यसको व्यावहारिक…

Read More

शैक्षिक परामर्श संस्थाका लागि सरकारको नयाँ कसिलो मापदण्ड, १३ सर्त अनिवार्य

काठमाडौं — सरकारले शैक्षिक परामर्श संस्था (एजुकेसन कन्सल्टेन्सी) सञ्चालन र नवीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउन १३ वटा अनिवार्य मापदण्ड प्रस्ताव गरेको छ। विद्यार्थीको हित संरक्षण, परामर्श सेवाको गुणस्तर अभिवृद्धि र कन्सल्टेन्सीहरूको सञ्चालनमा एकरूपता कायम गर्ने उद्देश्यसहित शिक्षा मन्त्रालयले नयाँ नियमावलीको मस्यौदा अघि बढाएको हो। शिक्षा मन्त्रालयले तयार पारेको ‘शैक्षिक परामर्श संस्था सञ्चालनसम्बन्धी नियमावली’ को मस्यौदा…

Read More

‘एचिभर एजुकेशन पार्टनर’ को उत्कृष्ट अफरः एक साताभित्र भर्ना हुने विद्यार्थीलाई IELTS/PTE मा ५०% छुट

काठमाडौँ। विदेशमा उच्च शिक्षा अध्ययनको तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ बानेश्वरस्थित ‘एचिभर एजुकेशन पार्टनर’ ले भाषा तयारी कक्षामा विशेष छुट योजना सार्वजनिक गरेको छ। संस्थाले एक साताभित्र IELTS वा PTE तयारी कक्षामा भर्ना हुने पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशतसम्म शुल्क छुट दिने जनाएको छ। विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको…

Read More

एचिभर एजुकेशन पार्टनर’ को उत्कृष्ट अफरः एक साताभित्र भर्ना हुने विद्यार्थीलाई IELTS/PTE मा ५०% छुट

काठमाडौँ। विदेशमा उच्च शिक्षा अध्ययनको तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ बानेश्वरस्थित ‘एचिभर एजुकेशन पार्टनर’ ले भाषा तयारी कक्षामा विशेष छुट योजना सार्वजनिक गरेको छ। संस्थाले एक साताभित्र IELTS वा PTE तयारी कक्षामा भर्ना हुने पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशतसम्म शुल्क छुट दिने जनाएको छ। विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको…

Read More

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् ।…

Read More

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्त्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ । परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र…

Read More

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते…

Read More

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशतले सुधार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको (एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन् । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको छ । कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड अर्थात् उत्तीर्ण भएका छन् । भने १…

Read More

एसईईको नतिजा सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार…

Read More

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी सकिन्छ हेर्न

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ। कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको हो। सूचनाअनुसार परीक्षार्थीहरूले नेपाल टेलिकम…

Read More

नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसबित भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पु¥याउदै आएको सहयोगको…

Read More

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ। महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो। सूचनाअनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भ, शिक्षक, कर्मचारी…

Read More

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन् । विद्यार्थी…

Read More

छात्रवृत्ति प्रदान गर्न एक करोडको अक्षय कोष

बागलुङ। बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ। विं.सं. २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो। विं.सं. २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्य  अक्षयकोष निर्माण अभियान चलाएको थियो। अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण…

Read More

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको गुनासो आएकाले उक्त…

Read More

दुबई इन्टर्नसिपको नाममा विद्यार्थी ठगीप्रकरण: ‘द ब्रिटिस कलेज’ माथि सीआईबीको छानबिन

काठमाडौँ । दुबईमा इन्टर्नसिप गराइदिने आश्वासन दिएर विद्यार्थीबाट रकम असुली ठगी गरेको आरोप लागेपछि थापाथलीस्थित द ब्रिटिस कलेजमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । विद्यार्थीहरूबाट ठगी भएको गुनासो सार्वजनिक भएपछि सीआईबी सक्रिय भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका सल्लाहकार अभिषेक घिमिरेले सीआईबीले औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकेको…

Read More

एमफिल र स्नातकोत्तर शोधकर्तालाई कामना सेवा विकास बैंकको अनुदान

काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका दुई जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विषयमा शोध गर्न जनही एक लाख रुपैयाँका दरले अनुदान दिनेछ। यस्तै, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर…

Read More

हुम्लाका सात सामुदायिक विद्यालयमा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माण

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात सामुदायिक विद्यालयमा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नयाँ भवन निर्माण हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार पाँच वटा गाउँपालिकाका विद्यालय भवन निर्माणका लागि कार्यक्रम स्वीकृत गरिएको हो । एकीकृत शैक्षिक तथ्यांक व्यवस्थापन प्रणाली (ईएमआईएस) मार्फत अद्यावधिक गरिएको भौतिक सर्वेक्षणका आधारमा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ…

Read More