कालोसूचीमा त्रिपुरेश्वर शिक्षा क्याम्पस

सिन्धुली जिल्लाकाे तीनपाटन गाउपालिका वडा नं. ८ बाहुनतिल्पुङमा रहेको त्रिपुरेश्वर शिक्षा क्याम्पस विश्व विद्यालय अनुदान आयोगको कालोसूचीमा परेको छ । तीनपाटन गाउपालिका वडा नं. ८ का वडाध्यक्ष रेखराज अधिकारीले क्याम्पस कालोसूचीमा रहेको भन्ने अपुष्ट सूचनाका आधारमा वास्तविकता के हो भनी बुझ्न काठमाडौं आई बाहुुनतिल्पुङ सरोकार समाजका अध्यक्ष युवराज देवकोटासहित विश्व विद्यालय अनुदान आयोगको कार्यालय पुगी…

Read More

भन्सार सहजीकरण गरिदिन नाडाको आग्रह

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भन्सार सहजीकरण गरिदिन आग्रह गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँगको भेटमा सहजीकरणका लागि आग्रह गरेको हो । उक्त भेटवार्तामा नाडाका प्रतिनिधि र भन्सारका महानिर्देशकबीच विभिन्न विषयमा छलफल भएको थियो । यसैगरी नाडाका महासचिव…

Read More

उपत्यकामा गाडीभाडा बृद्धि, न्युनतम भाडादर १८ रुपैंयाँ

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा भाडा २३ प्रतिशतले बढाएको छ । न्युनतम १८ रुपैयाँ कायम गर्दै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी भाडा तोकिएको हो । काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ । १८ रुपैयाँ भाडा ५ किलोमिटर दुरीसम्मका लागि हो । पाँच…

Read More

परिसंघले भन्योः तरलता समस्या समाधान गर्न सरकार र राष्ट्र बैंक चनाखो हुनुपर्यो

बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको छ । बैंकहरुमा तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंक चनाखो भइ तत्कालका लागि समस्या टार्न आग्रह गर्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको हो । हाल बैंक तथा वित्तीय संस्था र उद्योगीहरूसँगको छलफलमा बजारमा…

Read More

बीमा समितिमा संचालक परिवर्तन

बीमा समितिको संचालक बोर्डमा हेरफेर भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन् । बीमा समितिका अनुसार कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सह–सचिव फणिन्द्र गौतमको ठाउँमा सोही मन्त्रालयका सुशिल कोइराला नियुक्त…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

एमालेका पूर्व सभासद तामाङसहित १२ जना ५ दिनको म्याद थप भएपछि हिरासतमा

नेकपा (एमालेको पूर्व सांसद तथा सिभिल बैंकको समेत पूर्व अध्यक्ष रहेका इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष तामाङ सहितका १२ जनालाई ५ दिनको म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको हो । बैंकमा निक्षेपकर्ताले जम्मा गरेको…

Read More

नबिल बैंकको दसैं धमाका अफर, १५ सय रुपैयाँसम्म क्यासब्याक

नबिल बैंकले चाडवाड लक्षित ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । बैंकले ल्याएको अफरबमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर घटस्थापनाको दिनदेखि…

Read More

माछापुच्छ्रे बैंकको २३ औं बार्षिक साधारण सभा घोषणा

माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश…

Read More

श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल(४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त…

Read More

हात्तै बढ्यो सुनको मूल्य

आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा तोकिएको जनाएको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले…

Read More

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका…

Read More

केएल टावरले ल्यायो ‘रमाइलो दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’

केएल टावरले दशैं तिहारको अवसर पारेर ‘रमाइलो दशैं तिहार हरेक हप्ता उपहारै उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध…

Read More

आज बजारमा कति छ सुनको मुल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ३५० रहेको छ…

Read More