रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले लिखित राजीनामा बुझाएका हुन्।
यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।
नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए ।
Artha Sanjal






