ओलीले भने- “सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु”

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनप्रति कडा आपत्ति जनाउँदै “सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजानु” भन्ने अभिव्यक्ति दिएका छन् ।

काठमाडौँमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सरकार अराजक शैलीमा अघि बढिरहेको आरोप लगाए । उनले भदौ २४ पछि देशमा अराजकता र हिंसाको डरका कारण राजनीतिक दलहरू खुला रूपमा बोल्न नसकेको दाबी गर्दै त्यस अवस्थामा एमालेका कार्यकर्ता भने वडादेखि नै प्रतिवादमा उत्रिएको बताए ।

ओलीले निर्वाचन र आयोगका गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आफूले कुनै पनि छानबिन आयोगलाई बयान नदिएको स्पष्ट पारे । उनले सम्पत्ति शुद्धीकरण आयोगलाई लक्षित गर्दै आक्रोश व्यक्त गर्दै भने, ‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरिएको छ।’

आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण? के को छानबिन गर्ने भए खरानी उठाएर लैजानु।” अध्यक्ष ओलीले वर्तमान अवस्थालाई ‘अराजकता केही दिनको पाहुना’ भन्दै लामो समय नटिक्ने टिप्पणी पनि गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *