काठमाडौं ।एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लाका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यससम्बन्धी सुविधा उपलब्ध गराउने विषयमा एनआईसी एशिया बैंक र काभ्रेको नगरकोटस्थित होटल कन्ट्री भिल्ला प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकका ग्राहकले होटलको आवासीय सेवा तथा खाना र पेय पदार्थमा छुट पाउनेछन् । डिलक्स वर्गका कोठाको आवासीय सेवा लिँदा शुक्रबार र शनिबार ५ प्रतिशत छुट उपलब्ध हुनेछ । अन्य दिन भने आवासीय सेवामा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।
त्यस्तै, होटलमा खाना तथा पेय पदार्थ उपभोग गर्दा सबै दिन १० प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ ।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यो छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
बैंकले होटलसँगको सहकार्यले आफ्ना ग्राहकलाई सेवा तथा सुविधामा सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई समेत प्रोत्साहन पुग्ने जनाएको छ ।




