सेबोनले गर्‍यो ५ प्रतिशतभन्दा बढी शेयर बेच्दा सूचना दिनुपर्ने व्यवस्था संशोधन

काठमाडौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत शेयरधनीले शेयर पाँच प्रतिशत वा सो भन्दा बढी शेयर बेच्दा पन्ध्र दिन अगाडी कम्पनीलाई जानकारी गराई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचना दिनुपर्ने व्यवस्थालाई संशोधन गरेको छ।

बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै असोज २३ गते जारी गरेको पत्रले सो व्यवस्थालाई संशोधन गरेको हो। संशोधित व्यवस्था अनुसार नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।

५ प्रतिशत भन्दा बढी शेयर बेच्दा बजार निरन्तर घटेर “ब्याक फायर’ भएपछि सेबोनले सो व्यवस्था परिमार्जन गरेको हो। बोर्डले भदौ ९ गते धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ (१) दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *