अखाद्य वस्तु बिक्री वितरण गर्ने दुई कम्पनी सिल

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको छ । अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको आरोपमा सोमबार प्रहरीले सिल गरेको हो । सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै आएका…

Read More

वाणिज्य बैंकमा निक्षेप बढेसंगै कर्जा प्रवाह घट्यो

पछिल्लो समयमा वाणिज्य बैंकमा निक्षेप संकलन बढेसंगै कर्जा प्रवाह घटेको छ । एक साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा मुद्रामा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो भने फागुन महिनाको पहिलो सातासम्म आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ तर विदेशी मुद्रामा…

Read More

नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालालका इन्चार्जविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टी भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित…

Read More

सिमेन्ट बोर्ड उत्पादन अब नेपालमै

नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ । विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिङमा फल्स सिलिङको रूपमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो । यसक्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरूसँंग यसबारे छलफल गरेका छन् । नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुईजना प्रतिनिधिहरूसँंग लगानीकर्ताले छलफल गरेका हुन् । नेपालको…

Read More

भन्सार विभागले एक महिनामा उठायो ७.४ अर्ब राजस्व

भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । सेवा सुरु भएको एक महिनामै विभागमा इ-पेमेन्टबाट उक्त संख्यामा राजस्व उठेको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले जनाएको छ । गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट विद्युतीय माध्यमबाट भुक्तानी सुरु भएको थियो। माघ १२ मा अर्थमन्त्री जनार्दन शर्माले देशभरका…

Read More

प्राधिकरणको मुनाफा ६ महिनामा ६ अर्ब १८ करोड

 नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ  । गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा कमाएको थियो । भने  यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको प्राधिकरणले जनाएको छ । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२…

Read More

मृत्यु भइसकेका व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ३५ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका…

Read More

डिजिटल करेन्सी निकाल्ने नेपालको तयारी

 निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन…

Read More

सिद्धबाबा सुरुङ मार्गको ठेक्का चिनियाँ कम्पनीलाई

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणको जिम्मा पाएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार सुरुङ मार्ग निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा ९ सहभागी कम्पनीमध्ये सबैभन्दा कम प्रस्ताव गरेकोे चिनियाँ कम्पनीलाई उक्त निर्माणको जिम्मा दिइएको हो । सडक विभागले जेठ ९ गते बोलपत्र…

Read More

अर्थमन्त्रालयले घटायो बजेटको आकार

सरकारले चालू आर्थिक बर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो । अब हुने बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रहने पनि समिक्षामा जानकारी गराइएको छ । आर्थिक वर्षको आम्दानी र खर्चको अनुमान…

Read More

दोर्दी-१ जलविद्युत आयोजना ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको…

Read More

रेमिट्यान्स ५.५ प्रतिशतले घट्यो, ४ खर्ब ६८ अर्ब भित्रि्याे

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेकाे पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष…

Read More

भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख गुलाव आयात

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाव भारतबाट ल्याउँछौ ।’‘भ्यालेनटाइन डे’ पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा…

Read More

क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता

सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७÷७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । सात कम्पनीले रु ८७ करोड १५…

Read More

नियामक निकायको निर्देशन ठाडै उलंघन गर्दै नेपाल लाइफ

नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा केही सञ्चालकहरुको मनोमानीका कारण लामो समयदेखि प्रमुख कार्यकारी पद रिक्त छ । तत्कालिन सीईओ सन्तोष प्रसाईलाई काम गर्नै असहज हुने गरी दवाव दिइएपछि उनले राजनीनामा दिएका थिए । प्रसाईले राजीनामा दिएपछि डेपुटी सीईओ शुसिल कुमार चौधरीलाई कार्यबाहक सीईओको जिम्बेवारी दिइएको थियो । नेपाल लाइफमा कार्यबाहक सीईओको भरमा संस्था चलाइएको तीन महिना…

Read More

नेटवर्किङ तथा क्रिप्टो करेन्सी कारोबार नगर्न बैंकर्स संघको चेतावनी

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ । आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । सङघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने  जनाएको छ । ‘नेपालमा विदेशी…

Read More

कालो सूचीमा पाँच निर्माण व्यवसायी कम्पनी

समयमै कार्यसम्पादन नगर्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकता कालो सूचीमा परेका छन् । बोलपत्र अनुसार विभिन्न स्थानमा काम नगरेका कार्यालयहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई उक्त कम्पनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरिएका छन । कालो सूचीमा पर्नेमा प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् । , श्री तितुङ…

Read More

१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ वर्षे म्याद रहने विकास ऋणपत्र २०८० ‘ङ’ यही माघ ११ गते सम्ममा बोलकबोलमार्फत बिक्री हुने भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनी, संगठित संस्था…

Read More

एमसीसी विवाद किन र कहिलेसम्म !

विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो । “मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,” एमसीसीको वेबसाइटमा उल्लेख छ । सन् २०१२ यता भएका शृङ्खलाबद्ध छलफलपछि सन्…

Read More

सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

सुनसरी, कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना…

Read More