अर्थमन्त्रालयले घटायो बजेटको आकार

सरकारले चालू आर्थिक बर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो । अब हुने बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रहने पनि समिक्षामा जानकारी गराइएको छ ।

आर्थिक वर्षको आम्दानी र खर्चको अनुमान अनुसार चालू आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने संशोधित अनुमानित गरिएको छ । पूर्व सहमति दिएका ठूला आयोजनाको संम्भावित दायित्वललाई मध्यनजर गरि यो रकम अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड अर्थात विनियोजित बजेटको ९७.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड अर्थात विनियोजित बजेटको ९०.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७० अर्ब ४९ करोड अर्थात विनियोजित बजेटको ९० प्रतिशत हुने खर्च गर्ने लक्ष्य लिएको छ ।
मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *