कालो सूचीमा पाँच निर्माण व्यवसायी कम्पनी

समयमै कार्यसम्पादन नगर्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकता कालो सूचीमा परेका छन् । बोलपत्र अनुसार विभिन्न स्थानमा काम नगरेका कार्यालयहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई उक्त कम्पनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरिएका छन ।

कालो सूचीमा पर्नेमा प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका हुन् । , श्री तितुङ कन्स्ट्रक्सन प्रालिका सञ्चालक दावा सोनाम लामा, काठमाडौँ, श्री कुशलदेव निर्माण सेवाका सञ्चालक हसन अन्सारी, रसुवा, श्री एशियन मोर्डन जेभीका मुख्य व्यक्ति केशरबहादुर प्रधान विराटनगर , श्री कर्णाली विल्डर्सका सञ्चालक संञ्जयकुमार साह जनकपुरधाम र मोर्डन सुज प्रालि टोखा रहेका छन् ।

श्री तितुङ कन्स्ट्रक्सन प्रालि, काठमाडौंले नौकुण्ड गाउँपालिका, गाउँ कार्यापालिकाको कार्यालय रसुवा, श्री कुशलदेव निर्माण सेवा, रसुवाले नौकुण्ड गाउँपालिकका, गाउँपालिको कार्यालय रसुवाको भवन निर्माण गर्न नसकेको आरोप छ भने श्री कर्णाली विल्डर्स, जनकपुरधामले संघीय आयोजना कार्यालय इकाइ धनुषाको काम नगरेको सूचनामा उल्लेख छ ।

श्री एशियन मोर्डन जेभी, विराटनगर र मोर्डन सुज प्रालि टोखाले प्रहरी प्रधान कार्यालय, प्रवन्ध निर्देशनालय नक्सालको भवन निर्माण गर्न नसकेको बताइएको छ।

अनुगमन कार्यालयल कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न माग गरेको भएपनि हालसम्म स्पष्टीकरण आएको छैन । कार्यालयले स्पष्टीकरण पेस गर्न अझै सात दिनको समय थप गरेको जनाएको छ।

यसअघि कार्यालयले यही माघ ६ गते समयमा सम्झौताअनुसारको निर्माण सम्पन्न नगरेको भन्दै सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *