१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ वर्षे म्याद रहने विकास ऋणपत्र २०८० ‘ङ’ यही माघ ११ गते सम्ममा बोलकबोलमार्फत बिक्री हुने भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिहरु यस ऋणपत्र किन्न योग्य हुनेछन्। यसको ब्याज प्रतिस्पर्धाबाट निर्धारण हुनेछ। यो ऋणपत्र धितोको रुपमा प्रयोग गर्न योग्य हुनेछ।

त्यस्तै, खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *