वाणिज्य बैंकमा निक्षेप बढेसंगै कर्जा प्रवाह घट्यो

पछिल्लो समयमा वाणिज्य बैंकमा निक्षेप संकलन बढेसंगै कर्जा प्रवाह घटेको छ ।
एक साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा मुद्रामा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो भने फागुन महिनाको पहिलो सातासम्म आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ तर विदेशी मुद्रामा रहेको निक्षेप ९४ अर्ब बाट घटेर ९२ अर्ब पुगेको छ ।

एक सातामा बैंकको कर्जा प्रवाह भने घटेको छ । यस अवधिमा कर्जा २ अर्बले घटेर ४१ खर्ब ५३ अर्ब पुगेको छ । गत माघ मसान्तमा कर्जा प्रबाह ४१ खर्ब ५५ अर्ब थियो ।
यो संगै स्वदेशी मुद्रा भने बढेको छ । मुद्रा गत साता ४० खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *