लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो मााइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो मााइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो । ६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका…

Read More

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने निर्णय

काठमाडौं — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार संस्थाको वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजान प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो। बैठकले सोहीअनुसारको वित्तीय…

Read More

मिथिला लघुवित्तको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनश वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Read More

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

काठमाडाैं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । संस्थाले आव २०८१/८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशनबमोजिम छुट्याउनुपर्ने रकमहरुको व्यवस्था गरेपश्चात संस्थाको वित्तीय अवस्था थप मजबुत…

Read More

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्जर हुने भएका छन् । यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । मर्जरको…

Read More

तीन लघुवित्त एक हुँदै: जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीचको मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। तीनै संस्था एकीकृत भएपछि ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट सञ्चालन हुने सहमति भएको छ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ भने हालका प्रमुख कार्यकारी…

Read More

आठ महिनामा १० वटा फाइनान्स कम्पनी घाटामा, मञ्जुश्रीले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूमध्ये १० वटा कम्पनी घाटामा गएका छन्। यस अवधिमा ७ वटा कम्पनी भने नाफामा देखिएका छन्। समिक्षा अवधिमा नाफा कमाउने फाइनान्स कम्पनीहरूमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा देखिएको छ। मञ्जुश्री फाइनान्सले  १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, खुद नाफाको हिसावले…

Read More

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेको हो । संस्थाले गत आव २०८१/८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश…

Read More

नेष्डो लघुवित्तले डाक्यो साधारण सभा: बुक क्लोज कहिले ?

काठमाडौं।  नेष्डो लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ । सभामा कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावली…

Read More

स्वरोजगार लघुवित्तले एफपीओ निष्काशन गर्दै

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्नेभएको हो । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर…

Read More

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो । ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ । समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ ।  

Read More

स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गते आइतबारदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय…

Read More

जीवन विकास लघुवित्तले मनायो छैटौँ वार्षिकोत्सव, १६१ स्थानमा सामाजिक काम

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिकोत्सव १६१ स्थानमा विभिन्न सामाजिक कार्य गरी मनाएको जनाएको छ । ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको यो लघुवित्तका १६० शाखा छन् । सबै शाखा कार्यालयले आ-आफ्ना कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । जीवन विकासको…

Read More

स्वरोजगार लघुवित्तको एफपीओमा पहिलो दिनमै ३०.८८ गुणा बढी आवेदन

काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) को पहिलो दिनमा ६० करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको आवेदन परेको छ। आज साँझ ५:०६ बजेसम्म ४ लाख ७१ हजार ७१८ जना आवेदकहरुले ६० लाख ४६ हजार २० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन सर्वसाधारणलाई खुला गरिएको सेयरको तुलनामा ३०.८८ गुणा बढी रहेको छ।…

Read More

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते)…

Read More

सम्पदा लघुवित्तको लाभांशरहितको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत

काठमाडाैं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाद्वारा पेश गरिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले फागुन १८ गते स्वीकृत गरेको हो । संस्थाको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको थियो । बैठकले गत…

Read More

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएकोमा  मागभन्दा बढी नै आवेदन परिसकेकाले आज बैंकिङ्ग समयपछि एफपीओ निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३…

Read More

स्वारोजगार लघुवित्तकाे बोनस सेयर र नगद लाभांश घोषणा

काठमाडौं। स्वारोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त लाभांश वितरण गर्ने जनाएको छ। यसका साथै, कम्पनीले…

Read More

महुली लघुवित्तको साधारणसभा आज: शेयर धनीको हात खाली

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ। तर कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव…

Read More

कालिका लघुवित्तले माग्यो ६४ जना कर्मचारी

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले तीन विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना र कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो। लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारहरूले चैत ४ गते भित्र आवेदन…

Read More