काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बस्दैछ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ। तर कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव भने समावेश गरेको छैन।
सभामा एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गरिसकेकोले फागुन ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।






