काठमाडौं। स्वारोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त लाभांश वितरण गर्ने जनाएको छ।
यसका साथै, कम्पनीले हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ का लगानीकर्ताले पनि बोनस सेयर प्राप्त गर्ने जानकारी दिएको छ। एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने र १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण हुने बताइएको छ।
Artha Sanjal






