छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *