तीन लघुवित्त एक हुँदै: जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीचको मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

तीनै संस्था एकीकृत भएपछि ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट सञ्चालन हुने सहमति भएको छ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ भने हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै नेतृत्व गर्नेछन्।

हाल जीवन विकासको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी चुक्तापुँजीमा युनिक नेपाल र मानुषीको पुँजी थपिँदा संस्थाको वित्तीय आधार अझ सुदृढ हुने देखिएको छ। युनिक नेपालको चुक्ता पुँजी १४ करोड ८५ लाख रुपैयाँ र मानुषीको १० करोड ९३ लाख रुपैयाँ रहेको छ।

यी तीनै संस्थाले संयुक्त रूपमा करिब ५ लाख सदस्यलाई सेवा दिँदै आएका छन्। मर्जरपछि सेवा पहुँच, शाखा सञ्जाल तथा डिजिटल वित्तीय सेवामा विस्तार हुने अपेक्षा गरिएको छ।

मर्जर प्रक्रिया अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ। समितिले नियामकीय स्वीकृति, सम्पत्ति तथा दायित्व मूल्यांकन लगायतका काम तीव्र बनाउने जनाएको छ। योजना अनुसार २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *