सम्पदा लघुवित्तको लाभांशरहितको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत

काठमाडाैं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाद्वारा पेश गरिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले फागुन १८ गते स्वीकृत गरेको हो ।

संस्थाको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको थियो ।

बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको थियो । यस्तै उक्त बैठकले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय समेत गरेको थियो ।

उक्त विवरण फागुन १२ गते केन्द्रीय बैंकसमक्ष पेश गरिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *