एनआईसी एशिया लघुवित्तले लाभांश नदिने निर्णय

काठमाडौं — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार संस्थाको वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजान प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो।

बैठकले सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *