बुझेर मात्र हस्ताक्षर गर्न नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं। नेपाल राष्ट्र बैंक ले वित्तीय कारोबार गर्दा कागजातमा बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एक सूचना जारी गर्दै ग्राहकलाई कुनै पनि सर्त तथा कागजात नबुझी हस्ताक्षर नगर्न सचेत गराएको हो। राष्ट्र बैंकका अनुसार वित्तीय सेवा लिँदा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष सर्तमा बाँधिएका हुन्छन्।…



