कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन् । २८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर रहेको बताएका…

Read More

रामेछापका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्वाचन कार्यालयको पत्र

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्र पठाएको छ । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेका सबैले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही…

Read More

कर्णालीका ८ निर्वाचन क्षेत्रमा रास्वपाको जमानत जफत

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा देशभर रास्वपाको लहर चलिरहँदा कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले धरौटी समेत बचाउन सकेनन् । १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले १२ निर्वाचन क्षेत्रमध्ये चार निर्वाचन क्षेत्रमा मात्र धरौटी जोगाएका छन् । यद्यपि समानुपातिकमा रास्वपा कर्णालीमा दोस्रो ठुलो दल बनेको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा विजयी निकालेको…

Read More

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ । आज संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गरेर पूर्ण इजलासमा पठाएको हो । बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश…

Read More

केपी ओलीलाई ज्यान मुद्दा सिफारिस, के छ दफा १८१ मा ?

काठमाडौं। भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई पनि सोही मुद्दा चलाउन सिफरिस गरेको छ । आयोग गठन गर्दा सरकारले आयोगलाई अनुसन्धानपछि कारवाहीको सिफारिस समेत…

Read More

शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार

काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् । उनले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५०…

Read More

महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभइ लैंगिक समानताको आधारस्तम्भ भएको बताएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन् । नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित गरेको…

Read More

सिरहा अदालत अगाडि बम विस्फोट

जनकपुरधाम । सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले बताए । बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ । अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा तीन जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ । जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै…

Read More

कांग्रेसकै सांसदले मागे सभापति थापाको राजीनामा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति…

Read More

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर, सुनुवाइ १ चैतमा तोकियो

काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् । कार्यक्रममा बस्नेतले…

Read More

झलनाथपत्नी रविलक्ष्मीलाई जेन-जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर

काठमाडौँ।२४ भदाैको जेन–जी आन्दोलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आक्रमण गरी उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाउने घटनामा संलग्न एक युवकविरुद्ध मुद्दा दायर भएको छ। बझाङको जयपृथ्वी नगरपालिका– ११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध मुद्दा दायर भएको हो। प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरी सोमबार जिल्ला अदालतमा उनीविरुद्ध आपराधिक उपद्रह र ज्यान मार्ने उद्योग मुद्दा दर्ता…

Read More

रास्वपा अध्यक्ष रवि र वरिष्ठ नेता बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाइ

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनसहित रास्वपालाई हालैको आमनिर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाइ दिएका छन्। रास्वपाका नेताद्वयलाई दिएको  बधाइ सन्देशमा प्रधानमन्त्री शरिफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन्। सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक…

Read More

फिच रेटिंग्सः रास्वपाको बहुमतपछि नेपालको आर्थिक भविष्यमा आशाको किरण

काठमाडौं । अन्तर्राष्ट्रिय साख मूल्यांकन संस्था Fitch Ratings ले Rastriya Swatantra Party (आरएसपी) ले संसदमा स्पष्ट बहुमत ल्याएपछि नेपालको निकट भविष्यको राजनीतिक अनिश्चितता घट्ने र नीतिगत स्थिरताको सम्भावना बढ्ने जनाएको छ। संस्थाका अनुसार चुनावी परिणामले लामो गठबन्धन वार्ताको जोखिम कम गर्नुका साथै बारम्बार सरकार परिवर्तन हुने विगतको प्रवृत्ति पनि घट्न सक्छ। सुशासन र आर्थिक सुधारमा…

Read More

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् । उनले लोकतन्त्रमा अन्तिम निर्णय…

Read More

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरुको आग्रह

ललितपुर । ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन् । पार्टी सुदृढीकरणका लागि थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको उनीहरुको भनाइ छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले बिहीबार संयुक्त…

Read More

एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले संस्थालाई पारदर्शी र प्रभावकारी बनाउन दबाब बढाएका छन् । विभिन्न देशबाट काठमाडौं आएका अभियन्ताहरूले संस्थाको साख जोगाउन सुधार, एकता र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका हुन् । यही फागुन ३० गतेदेखि चैत २ गतेसम्म १२ औँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै…

Read More

सोविता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खर्च विवरण सार्वजनिक गरेकी छन्। यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले गरेको खर्चको विवरण गौतमले बिहीबार सार्वजनिक गरेकी हुन्। सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि…

Read More

रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख २३ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् । विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा…

Read More

धनुषा–१ का रास्वपाका उम्मेदवार साहलाई कालो सूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो । निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज…

Read More