प्रतिनिधिसभा निर्वाचन : १६५ क्षेत्रकै परिणाम सार्वजनिक, कसको कति सिट ?

सबैभन्दा अन्तिममा संखुवासभा निर्वाचन क्षेत्रको मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो। उक्त क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गरेका छन्।

उम्मेदवारी खारेजको विषयलाई लिएर विवादित बनेको धनुषा–१ मा भने आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषित गर्दै प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेज गरिएपछि रास्वपाका उम्मेदवार भने न्यायको माग गर्दै अदालत पुगेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठेका महावीर पुन पनि निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभा चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो।

समानुपातिकतर्फ हालसम्म करिब एक करोड मत गणना भइसकेको छ। प्रारम्भिक नतिजाअनुसार समानुपातिकतर्फ पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ।

समानुपातिक प्रणालीतर्फ रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *