काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह बालेन ‘चक्रवात’का कारण फागुन २१ को निर्वाचनमा नेतृत्व परिवर्तन र युवा उम्मेदवारसहित मैदानमा उत्रिएको नेपाली कांग्रेस १८ सिटमै चित्त बुझाउन बाध्य भएको छ।
बालेन र घन्टीको आँधीहुरी चले पनि प्रतिस्पर्धी रास्वपा उम्मेदवारपछि कांग्रेस ८४ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ।
एमाले ४१ र नेकपा १७ ठाउँमा निकटतम प्रतिद्वन्द्वी बनेका छन्।
रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो बनेको हो।
कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले दोस्रो ६ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ स्थानमा दोस्रो बनेको छ।
कांग्रेसले चुनाव जितेको २ स्थानमा रास्वपाले दोस्रो स्थान बनाउँदा कांग्रेसले जितेका २ स्थानमा श्रम संस्कृति पार्टी दोस्रो बनेको छ।
कांग्रेस, एमालेका शीर्ष नेताहरुले लडेको यो निर्वाचनमा सबैभन्दा लज्जास्पद अंकको हार अध्यक्ष केपी ओलीले बेहोरेका छन्। उनलाई झापा ५ बाट बालेनले हराएका हुन्।
यद्यपि उनले रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबाट पराजित हुनुपर्यो।






