कर्णालीबाट चुनाव लडेका नौं पूर्वमन्त्री मध्ये ६ जनाको लज्जास्पद हार

सुर्खेत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कर्णालीका छ जना पूर्वमन्त्रीलाई मतदाताले पत्याएनन् । विभिन्न पार्टीबाट पटक पटक मन्त्री बनेकाहरू चुनावबाट पराजित भएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार र सङ्घीय सरकारका पाँच जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका थिए । पाँच जना सङ्घीय पुर्वमन्त्रीहरुमध्ये पूर्वअर्थमन्त्री जनार्दन शर्मा,…

Read More

रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत

मुगु । मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनीतिक दल मध्ये रास्वपाका उम्मेद्वार भुवन टमटासहित चार राजनीतिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने चार राजनीतिक दलको धरौटी जफत हुने भएको…

Read More

रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले सुशासनयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव दिएका…

Read More

एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन् । उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ । बैठकको समिक्षाबाट…

Read More

राजनीति रविको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने तय भए पनि समय अभावका कारण सुनुवाइ हुन नसकेको हो।…

Read More

इलाम १ मा निश्कल राई विजयी

काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्। लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार…

Read More

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निवेदक किशोरी साह कमलले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको…

Read More

गोरखा–१ बाट सुदन गुरुङ निर्वाचित

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङ निर्वाचित भएका छन् । रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३ सय ९८ मत मात्र पाए ।  

Read More

पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार एवं युवा समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई र मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै एक विशेष सन्देश जारी गर्दै खत्रीले जनमतलाई शिरोधार्य गर्ने बताएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी एवं नवनिर्वाचित सांसद सुदन…

Read More

समानुपातिकमा राप्रपाले कटायो ३ लाख मत, अन्य पार्टीले कति ल्याए?

काठमाडौँ । राप्रपाले समानुपातिकतर्फ ३ लाख मत कटाएको छ। ९४ लाख ३२ हजार ३४२ मत गन्दा राप्रपाले ३ लाख १ हजार ८६३ मत पाएको हो। अझै पनि राप्रपा थ्रेसहोल्ड कटाउन संघर्षरत नै देखिन्छ। अहिलेसम्म रास्वपाले ४५ लाख ५८ हजार ९५, कांग्रेसले १५ लाख २८ हजार ७८०, नेकपा एमालेले १२ लाख ७४ हजार ७७७ मत पाएको…

Read More

कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो । पहिलो दल बनेको नेपाली काँग्रेसले एक लाख ३४ हजार ३३३ मत ल्याएको छ ।…

Read More

चुनाव हारेपछि धमलाको घोषणा- आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन

काठमाडौं । ऋषि धमलाले रौतहट–४ को उपनिर्वाचनमा पराजित भएपछि आफूले प्रयोग गरेको मोबाइल छाप चुनाव चिह्न र आम जनता पार्टीसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै उनले आफूले उक्त पार्टी र चुनाव चिह्नलाई केवल चुनावका लागि मात्र प्रयोग गरेको बताएका हुन्। धमलाले भने,‘आजको दिनबाट जुन चुनाव चिह्नबाट…

Read More

साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ।…

Read More

काठमाडौँमा आठ हजार १९७ मत बदर

काठमाडौं। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ। सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन्। साठी हजार ४४१ तत…

Read More

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अलायन्सको २४ घण्टे अल्टिमेटम

काठमाडौं । ‘जेन जी’ अलायन्स फर मोनार्कीले जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले प्रतिवेदन सरकारको हातमा पुगिसकेको उल्लेख गर्दै अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको हो । विज्ञप्तिमा प्रतिवेदनको कुनै पनि सम्पादित वा संक्षेपित संस्करण…

Read More

धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो । “सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुपा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित…

Read More

धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौं। निर्वाचन आयोगले धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको सोमबार बसेको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम घोषणा गर्न निर्देशन दिएको हो। आयोगले सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्दै अदालतबाट अन्यथा आदेश आएमा सोहीअनुसार हुने गरी हाल कायम रहेका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम घोषणा गर्न निर्देशन दिएको जनाएको छ । आयोगले…

Read More

धनुषा –१ मा नेकपाका उम्मेदवार यादव विजयी घोषित, कालोसूचीमा रहेका साहले पाएनन् अन्तरिम

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको छ । यस क्षेत्रमा रास्वपाका तर्फबाट उम्मेदवार बनेका ठेकेदार किशोरी साहको उम्मेदवारी खारेज भैसकेको अवस्थामा समेत निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि रास्वपाले निर्वाचन आयोगमा पठाएको पत्रका आधारमा नतिजा सार्वजनिक गरिएको थिएन। साहले सर्वोच्च अदालतमा…

Read More

निर्वाचनमा पराजयकाे रेकर्ड ताेडियाे, ६० दलमध्ये ५४ वटाले हारे, ६ दलकाे मात्रै संसद् यात्रा

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। यद्यपि निर्वाचन आयोगले अहिलेसम्म मतगणनाको अन्तिम निर्णय सार्वजनिक गरेको छैन। जनकपुर १ र ओखलढुंगाको मतगणनालाई लिएर विवाद भइरहेको छ। निर्वाचनपछि सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ। रास्वपाले १२५ सिट जितेको छ ।…

Read More

समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, ४९ लाख ५६०० मतसहित रास्वपाको अग्रता

काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार ७५८, नेपाली…

Read More