चुनाव हारेपछि धमलाको घोषणा- आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन

काठमाडौं । ऋषि धमलाले रौतहट–४ को उपनिर्वाचनमा पराजित भएपछि आफूले प्रयोग गरेको मोबाइल छाप चुनाव चिह्न र आम जनता पार्टीसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै उनले आफूले उक्त पार्टी र चुनाव चिह्नलाई केवल चुनावका लागि मात्र प्रयोग गरेको बताएका हुन्।

धमलाले भने,‘आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेको थिएँ, त्यो पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध रहँदैन । मैले त्यो पार्टी र चिह्नलाई खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ, आम जनता पार्टी र जनादेश पार्टीले आग्रह गरेपछि उक्त चुनाव चिह्न लिएर गएको हुँ । आजसम्म म त्यो पार्टीको सदस्य होइन । र मैले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन ।’

आफूलाई चुनावमा जानुअघि बालेन शाहले दुई पटक बोलाएर जुन क्षेत्रबाट लडे पनि टिकट दिने बताएको उनको दाबी छ । जहाँबाट लडे पनि टिकट दिने बताउँदा बताउँदै आफू मोबाइल छाप लिएर चुनावमा लडेको बताए । उनले रौतहटवासीलाई धन्यवाद समेत दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *