स्वर्णिम वाग्लेले जब भारत पुग्छन्, नेपाल राष्ट्रविरुद्ध छाद्छन्: पूर्वमन्त्री बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको भनाइलाई लिएर आपत्ति जनाएका छन्।

हालै वाग्लेले भारत भ्रमणकाक्रममा एक कार्यक्रममा विगतमा नेपालमा भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने भाष्य बनाइएको र नयाँ पुस्तामा त्यो विचार नरहेको बताएका थिए।

उनको उक्त अभिव्यक्तिलाई लिएर बास्कोटाले आपत्ति जनाएका हुन्। उनले जब अर्थमन्त्री वाग्ले भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध बोल्ने गरेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्– ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्।’

वाग्लेले भारतमा पुगेर नेपाल राष्ट्र विरुद्ध बोल्नु बौद्धिक ज्ञानको टाट पल्टाई रहेको बास्कोटाको टिप्पणी छ। ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो- त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रियहीत सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *