जापानका लागि प्रस्तावित राजदूत थापाको अनुमोदन प्रक्रिया ‘होल्ड’

काठमाडौं। जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइपछिको अनुमोदन प्रक्रिया तत्कालका लागि ‘होल्ड’ गरिएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत थापाबारे जापानबाट थप आवश्यक विवरण मगाइएकाले अनुमोदनसम्बन्धी अन्तिम निर्णय केही समयका लागि थाती राखिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।

संसदीय सुनुवाइका क्रममा सांसदहरूले थापाको जापान बसाइ, स्थायी बसोबास अनुमति (पीआर)को अवस्था, परिवारको स्थिति तथा जापानमा रहेको सम्पत्ति र सम्भावित स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लाई लिएर प्रश्न उठाएका थिए।

यता थापाले भने आफूले जापानको पीआर त्यागिसकेको र नेपाल–जापान सम्बन्ध सुदृढ बनाउनकै लागि अवसरहरू छाडेर आएको स्पष्टीकरण दिएका थिए।

समितिले उनीबारे उठेका विषयहरू र सम्बन्धित निकायबाट प्राप्त हुने थप विवरणहरूको तथ्य जाँच तथा अध्ययनपछि मात्र अनुमोदन प्रक्रियालाई अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *