नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शरण महत ले ३७ र राजु लामिछाने ले २८ मत पाए। यसअघि २१ वर्षको उमेरमै जिल्लाको तदर्थ नेतृत्व सम्हालेका…

Read More

म फेरि गृहमन्त्री बनेँ भने २ महिना बधाई दिन, फोटो खिच्न मन्त्रालयमा नआउनुः सुधन गुरुङ

गोरखा। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नको छानबिनका क्रममा दिएका बयानपछि आफूले सबै आरोपको स्पष्ट जवाफ दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले सार्वजनिक पदमा रहँदा उठ्ने प्रश्नहरूको सामना गर्नुपर्ने भएकाले छानबिन समितिमा बयान दिएको बताए। ‘बयानका क्रममा कतिपय प्रश्न कडा थिए, तर मैले सहज र स्पष्ट रूपमा जवाफ…

Read More

सुधन गुरुङलाई छानविन समतिको ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना बढ्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सार्वजनिक रूपमा लगाइएका आरोपहरू अवैध लगानी, छोटो समयमै अकुत सम्पत्ति आर्जन, सम्पत्ति विवरण, विभिन्न कम्पनीहरूमा रहेको संकास्पद लगानीलगायतका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई सफाइ दिएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङविरुद्ध कुनै अवैध तथा संकास्पद…

Read More

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् । छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन्। उनले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा…

Read More

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि…

Read More

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । ९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन् । काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुर जिल्ला सभापतिमा…

Read More

टिप्पणीः प्रधानमन्त्री बालेन्द्रको ‘स्तरहीन स्टाटस’, मनोरञ्जन लिँदै ‘कोर टीम’

काठमाडौँ । शनिवार मध्यरातमा देशका प्रधानमन्त्री बालेन्द्र शाह बरालिएका छन्। देशका प्रधानमन्त्री  बालेन्द्रले पदीय हैसियत भुलेर बरालिँदै लेखेको फेसबुक स्टाटसले सिङ्गो देश जिल्ल परेको छ, लज्जित बनेको छ। प्रधानमन्त्री बालेन्द्र मात्र होईन, उनीसँगै उनका मन्त्री सांसद, सल्लाहाकार तथा सहयोगी तथा प्रधानमन्त्रीको सिङ्गो कोर टीम नै ‘होलिडे’ को मनोरञ्जन लिइरहेका छन् । बालेन्द्रको कमेन्ट बक्समा आएर…

Read More

आज रास्वपाको २९ जिल्लामा अधिवेशन, ३६ जिल्लामा सकियो

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २९ जिल्लामा अधिवेशन गर्दै छ। आज कोसी प्रदेशका ४ जिल्ला, मधेसका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। शनिबार ३६ जिल्लामा अधिवेशन भएका थिए। विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेठ २६ गते हुने…

Read More

प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस: मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न?, शिक्षामन्त्रीको जवाफ-म्यासेज गर्दिम?

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्। शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘मलाई पनि एम्बेसेडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ??’…

Read More

आफूबिरुद्ध झुट्टा समाचार छापेको भन्दै अर्थमन्त्री वाग्लेले दिए प्रेस काउन्सिलमा उजुरी

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूबिरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै एक संचार माध्यमबिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्। उनले आर्थिक दैनिक पत्रिकामा लेखिएको सामाचार भ्रामक भएको र उक्त सामग्रीले आफ्नो चरित्रहत्या गरेको उल्लेख गर्दै कारबाही गर्न शुक्रबार काउन्सिलमा निवेदन दिएका हुन्। उक्त पत्रिकामा जेठ २२ गते ‘दुई अर्ब कमिशनमा अर्थमन्त्री वाग्ले फसेको…

Read More

रास्वपा सुनसरीकाे अधिवेशनमा प्रतिनिधिबीच हात हालाहाल (भिडियोसहित)

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको पहिलो अधिवेशनमा विवाद भएपछि कुटाकुट भएको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लाैकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा प्रतिनिधीबीच विवाद उत्पन्न हुँदा हात हालाहालको स्थितिसम्म बनेको हो । प्रतिनिधि विवादका बीच हलको ढोका बन्द गरेर मतदान शुरु गर्न लागेपछि जेनजी प्रतिनिधिहरुले अपमान भएको भन्दै हलभित्रै…

Read More

रास्वपाको पर्सा जिल्ला अधिवेशमा कुटाकुट, प्रहरीद्वारा लाठीचार्ज

पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अधिवेशनमा  प्रतिनिधि छनोटलाई लिएर कार्यकर्ताबीच कुटाकुट भएको छ। घटनामा पार्टीका महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन्। आइतबार हुने जिल्ला अधिवेशनको तयारीस्वरूप वीरगन्ज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गेटवे होटलमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षबीच विवाद चर्किएर हात हालाहालको स्थिति बनेको हो।  जिल्ला अधिवेशनका…

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी (तस्बिरहरू)

काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । उक्त विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त…

Read More

कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए शिक्षाविद सोनम वाङचुक

काठमाडौं । सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै आन्दोलनमा सहभागि भएको देखिएका हुन् । यद्यपि, कार्यक्रममा उनले दिएको विस्तृत अभिव्यक्ति वा आन्दोलनको उद्देश्यबारे थप आधिकारिक विवरण सार्वजनिक भएको छैन । यस विषयमा थप आधिकारिक जानकारी सार्वजनिक भएपछि आन्दोलनको उद्देश्य र वाङचुकको…

Read More

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा…

Read More

सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन् । काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् । आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन…

Read More

नेपालमा काम गर्न निजामती कर्मचारी नै बाधक : मुख्यमन्त्री बानियाँ

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपालमा विकास र सेवा प्रवाहका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक बनेको बताएका छन्। नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा बोल्दै मुख्यमन्त्री बानियाँले कर्मचारीहरूले विभिन्न प्रक्रियामा अल्झाएर राख्ने प्रवृत्तिका कारण काम सम्पन्न गर्न कठिन हुने गरेको बताए। उनले प्रधानमन्त्रीले सरकारी…

Read More

भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने

काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने…

Read More

रास्वपाको जिल्ला अधिवेशन सुरु, शनिबार ३६ जिल्लामा हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ ।  आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र गण्डकी प्रदेशका ५ जिल्लामा अधिवेशन हुने भएको छ । यसैगरी,…

Read More

भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

काठमाडौं । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’…

Read More