काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा गएर दिएको नेपालको स्वाभिमान बिरोधी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको वाग्लेको भनाइप्रति राप्रपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा, एमाले नेता गोकुल बाँस्कोटा लगायतका नेता तथा आम सर्लेवसाधारणले समेत आपत्ति जनाएका छन्। जसका कारण अहिले वाग्ले विवादको घेरामा छन्।
वाग्लेले कात्तिक ६ गते नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ बनाउनुपर्ने बताएका थिए। उनले भारतसँगको जस्तो सम्बन्ध विश्वका अन्य कुनै देशसँग नेपालको नरहेको भन्दै भारत बिरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको बताएका थिए।
उनको यो अभिव्यक्तिलाई थापाले नेपाली राष्ट्रियताको अवमूल्यन भन्दै चर्को आलोचना गरेका छन्। सीमा मिचिनु, डुबान र नाकाबन्दीजस्ता विषयमा विरोध गर्नु भारतविरोध नभई राष्ट्रहितको पक्षमा उभिनु भएको उनको भनाइ छ। उनले यो अभिव्यक्ति सरकारकै आधिकारिक धारणा हो कि होइन भन्दै प्रश्नसमेत गरेका छन्।
त्यस्तै, एमाले नेता बाँस्कोटाले पनि वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाइ’ भन्दै टिप्पणी गरेका छन्। भारत पुगेर नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले राष्ट्रवाद र राष्ट्रिय हितलाई भारतविरोधसँग जोडेर व्याख्या गर्नु गलत भएको बताएका छन्।
उनले भनेका छन् – ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्,’ बाँस्कोटाले भनेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रियहित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो।’
यतिमात्र होइन, भारतमा वाग्लेले भारतमा दिएको नेपालबिरोधी अभिव्यक्तिमाथि रास्वपाकै नेता कार्यकर्ताले नै आलोचना गरेका छन् । उनको यो अभिव्यक्तिलाई भारटको चाकडी भन्दै टिप्पणी भईरहेको छ।





