काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राखेर गरेको छलफलमा बैंकहरुले चाडै आफ्नो बार्षिक साधारण सभा गरेर हातहातमा नगद पुग्ने व्यवस्था गर्न सुझाएका छन् ।
मंगलबार होटल मेरियटमा बाणिज्य बैंकका सबै सीईओलाई बोलाएर उनले यसपटक बोनस भन्दा लगानीकर्ताको हातमा नगद जाओस भन्ने चाहेका छन् । गभर्नरले अर्थतन्त्र चलायमान बनाउँन तपाईहरु चाडो भन्दा चाडो बार्षिक साधारणसभा गरेर लगानीकर्ताको हातहातमा पैसा पुर्याउँनुस भन्नुभएको छ । यसले राष्ट्र बैंकको चाहना बोनस भन्दा पनि नगद लाभांश हुनुपर्यो भन्ने बुझिएको छ ।
दशै अगाडी नै हातमा पैसा पारिदिए खर्च गर्ने ठाउँ हुने र दशैपछि दिएर धेरै महत्व नहुने भन्दै सकभर दशै अघिनै लगानीकर्ताको हातहातमा पैसा पुर्याउँन केन्द्रिय बैंकले चाहेको देखिन्छ ती सीईओले भने । यस्तै बैठकमा मौद्रिक नीति र बाफियाका विषयमा पनि छलफल भएको थियो । सीईओहरुले व्यवसायी र बैकर्स छुट्याउँदा उपयुक्त एक्जिट प्लानको आवश्यकता औल्याएका थिए ।







