काठमाडौँ । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई काठमाडौँकाे नारायण चौरबाट पक्राउ गरिएको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, हिमालयन रि-इन्स्योरेन्सका निवर्तमान अध्यक्ष तथा गोल्क्षा अर्गनाइजेसनका समेत हुन्।
हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे हो।
Artha Sanjal






