‘प्रधानमन्त्रीको सचिवालयमा छोरा छ’ भन्दै नियामकमाथि लामिछानेको दबाब, प्रभु बैंकमा मनपरी

काठमाडौं । प्रभु बैंककी लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले प्रधानमन्त्री कार्यालयमा कार्यरत सुवास शर्मा आफ्नो छोरा भएको भन्दै नेपाल राष्ट्र बैंकका अधिकारीहरूमाथि प्रभाव पार्न खोजेको पाईएको छ । प्रधानमन्त्री कार्यालयमा बालेन शाहका स्वकीय सचिवका रूपमा कार्यरत सुवास शर्मा र लामिछानेका छोराको नाम एउटै भएको फाईदा उठाएर प्रभाव जमाउन खोजिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। लामिछानेले…

Read More

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ…

Read More

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच समझदारी, कर्मचारीलाई सहुलियत कर्जा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार आयोजित कार्यक्रममा समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन्। राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि…

Read More

सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडाैं । सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै…

Read More

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड ३१ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रकम सहयोग प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा…

Read More

प्रभु बैंककी संचालक लामिछाने कारबाहीमा, असुलेको सम्पूर्ण रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछाने कारबाहीमा परेकी छन्। संचालक लामिछानेले आफ्नै छोराका नाममा  सरस्वती इभेन्ट्स प्रालि नामक कम्पनी खडा गरी रकम अशुल्दै आएकी थिईन्। लामिछानेले आख्तियारको दुरुपयोग गरी आँफै संचालक रहेको बैंकबाट नियमविपरीत रकम अशुल्दै आएपछि उनीविरूद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । लामिछ्नेविरूद्धको उजुरीमाथि अनुसन्धान हुँदा कैफियत भेटेपछि राष्ट्र…

Read More

महालक्ष्मी विकास बैंक आइएसओ ९००१:२०१५ बाट तेस्रो पटक प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट…

Read More

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ। न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले…

Read More

कामना सेवा विकास बैंकद्वारा विद्यालयमा शैक्षिक तथा आवश्यक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ । बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु-याउने…

Read More

बैंकिङ प्रणालीबाट आज फेरि रु.५५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २४ गते फेरि ५५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। यसका लागि निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको…

Read More

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ ।  सरकारले सार्वजनिक बिदा दिएको भए पनि भदौ २३ गते मंगलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ। नेपाल राष्ट्र बैङ्कअन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रको राहत…

Read More

राष्ट्र बैंकले दियाे बाढी पीडितका लागि १ करोड ३८ लाख

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउने…

Read More

कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा आबद्ध

काठमाडौँ। कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)मा आबद्ध भएको छ। बैंकले पीसीएएफमा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको हो। पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजनिक रुपमा…

Read More

सिटिजन्स बैंकद्धारा भोटेकोशी बाढी पीडितका लागि २ करोड २२ लाख आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै…

Read More

नेपाल एसबिआई बैंकको सञ्चालकमा ध्रुवप्रसाद अधिकारी, स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिमा ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन् । बैंकले सुबोधप्रसाद गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंकको संस्थागत सेयरधनीका रूपमा रहेको कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहने गरी अधिकारीलाई मनोनयन गरिएको थियो । कोषको मनोनयनका आधारमा बैंकको भदौ १८ गते सम्पन्न ५५०औँ सञ्चालक समिति बैठकले अधिकारीलाई…

Read More

राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच एकल कृषि कर्जा सुरक्षण सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषी कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गते बिहिबार निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत…

Read More

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँका आधारमा प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयरबापत १…

Read More

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने, प्रारम्भिक सम्झौता सम्पन्न

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति अर्थात् एक्विजिसन गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न गरेको छ । तीनवटै वित्तीय संस्थाबीच भएको प्रारम्भिक सम्झौतासँगै बैंक तथा वित्तीय क्षेत्रमा अर्को ठूलो एकीकरणको प्रक्रिया अघि बढेको हो । अब आवश्यक प्रक्रिया पूरा भएपछि जानकी फाइनान्स र सिन्धु विकास बैंक…

Read More

नबिल बैंकका सेयरधनीलाई खुसीको खबर, १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। यसअनुसार बैंकको कुल लाभांश १५.८० प्रतिशत हुनेछ। त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीतर्फ ८ प्रतिशत लाभांश दिने…

Read More

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ छनौटमा ६ जना सर्टलिस्ट

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टलिस्ट भएका छन् । सीईओ नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । सिफारिस समितिले शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा उच्चतम अङ्क प्राप्त गर्ने ६ जना उम्मेदवारको…

Read More