धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा

धनगढी । एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तारलाई निरन्तरता दिँदै कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले क्याम्पस चोकमा नयाँ भवन निर्माण गरी सोही भवनबाट शाखा कार्यालयसँगै सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सञ्चालनमा ल्याएको हो। नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ।

नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

क्याम्पस चोकमा बैंककै स्वामित्वको भवनबाट शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। शाखा विस्तारले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन तथा क्षेत्रको समग्र आर्थिक विकासमा थप योगदान पुग्ने बैंकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *