कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।
एसियाली बजारमा बुधबार बिहानैदेखि तेलको भाउ ओरालो लाग्ने क्रम सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ताहरू भइरहेको अभिव्यक्ति दिएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ, जसका कारण तेलको मूल्यमा गिरावट आएको हो ।
बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९७.६५ अमेरिकी डलर कायम भएको छ। अघिल्लो दिन यसको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *