वीरगञ्ज भन्सारको राजस्व संकलन १ खर्ब ५४ करोड, लक्ष्यभन्दा ७५ अर्ब कम

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ।

कार्यालयले चालू आवको सात महिनामा १ खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ।

उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए।

चालू आवको साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ। भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो।

यसैगरी मंसिरमा २० अर्ब ८० करोड, पुुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *