काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेसनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ।
नेसनल लघुवित्तको १८ लाख ९७ हजार ५४२ दशमलव २५ कित्ता, मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता, सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तले १३ लाख ६ हजार ३९ दशमलव ८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएका हुन्।
नेप्सेमा सूचीकृत सेयर आजदेखि कारोबारयोग्य हुनेछन्।
Artha Sanjal






