काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।
सेबोनको अनुमतिपछि कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.७५ अर्थात ७५ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले सेयरधनीलाई १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ७६ लाख ८३ हजार ४०७.०३ कित्ता आईपीओ बिक्री खुलाउनेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
Artha Sanjal






