टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा स्थानिय बासिन्दाहरुले आजसम्म आवेदन दिन सक्ने

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन २७ गतेदेखि भोजपुरका स्थानीयका लागि शेयर निष्काशन खुला गरेको थियो।

कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीमध्ये ३५.२६ प्रतिशत बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन अनुमति पाएको कम्पनीले त्यसमध्ये १२ लाख कित्ता शेयर स्थानीय बासिन्दाका लागि छुट्याएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम जनाउँछ।

८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।

शेयर निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *