काठमाडौं। गरिमा क्यापिटल लिमिटेडको ‘गरिमा सुवर्ण योजना’मा इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले फागुन २८ गतेदेखि उक्त खुलामुखी योजना निष्काशनमा ल्याएको थियो।
१ अर्ब रुपैयाँ आकारको योजनामध्ये पहिलो चरणमा ५० करोड रुपैयाँबराबरको ५ करोड इकाई बिक्रीमा ल्याइएको हो।
जसमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।
उक्त योजनामा न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। खुलामुखी योजना भएकाले बाँकी इकाई आगामी दिनमा निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ।
Artha Sanjal






