साढे २ किलो चाँदीसहित नागढुंगाबाट एक युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट अवैध रूपमा ल्याइँदै गरेको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा २.५ किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका…

Read More

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा…

Read More

निर्देशक रोहित शेट्टीको घरबाहिर गोली प्रहार : लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

मुम्बई । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ। नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन्। प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको…

Read More

बेलायत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाएर ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीया कुमारी तामाङ पक्राउ परेकी हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले दुई जना पीडितलाई…

Read More

बाँसबारीमा दिनदहाडै चोरी

काठमाडौँ । राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ। काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। कैलालीको गोदावारी नगरपालिका-२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपी चोरले धनमाल हात पारेको प्रहरीले जनाएको छ। रावलका अनुसार कोठाबाट…

Read More

गोरेलाई थप १० बर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने अदालतले संगठित अपराध पुष्टि हुन नसक्ने ठहर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले जिल्ला अदालत मोरङको…

Read More

विदेश पठाउँछु भनेर ६८ लाख ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् । अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार…

Read More

क्यानडाको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते

ब्रिटिस कोलम्बिया । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ। दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ। मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)…

Read More

हाई प्रोफाइललाई धम्क्याउने प्रकाश पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइयो

काठमाडौं । प्रमुख प्रेमकुमार राईसहित १० जना हाई प्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा नेपाल ल्याइएको छ। काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट…

Read More

कार चालकसहित एक सय ६० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ। संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति तथा सशस्त्र…

Read More

तीन दिनमै करिब ८०० केजी गाँजा बरामद, पाँच जना पक्राउ

काठमाडौं। सुरक्षा निकाय फागुन २१ को निर्वाचनमा खटिइरहे बेला प्रहरीले विभिन्न जिल्लाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले मकवानपुर, धनकुटा र ललितपुरबाट उक्त परिमाणको गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४३८ किलोग्राम सहित कैलाश गाउँपालिक–१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तानसमेत २ जनालाई बुधरबा राती प्रहरीले पक्राउ…

Read More

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

परासी । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार…

Read More

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट खैरो हिरोइन र विभिन्न किसिमका मनोद्दिपक औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार…

Read More

सिरहाबाट १४ लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा । सिरहामा श्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो स.१०प ४०५ नम्बरको मोटरसाइकलमा बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेका अवस्थामा यादवलाई प्रहरीले शंका लागेर चेक जाँच गरेको थियो । चेक जाँचको…

Read More

एमालेको झण्डा जलाउने पक्राउ

सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अंकित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उक्त भिडियोमा पछाडिबाट उत्तेजित हुँदै पार्टीलाई विभिन्न आरोप लगाउने र…

Read More

काठमाडौंमै व्यापारीको अपहरण, तीन जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंमा जडिबुटी व्यवसाय गर्दै आएका व्यापारी अपहरण आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगर–१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५ मा जडिबुटी व्यापारी पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बोहरालाई अपहरण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको र कुटपिटसमेत गरेको…

Read More

किराना पसलबाट लागुऔषध र साढे १२ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय…

Read More

महाराजगन्ज र नैकापमा गाडीमाथि आगजनी

काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको…

Read More

तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ — जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री **सुशीला कार्की**लाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन्। प्रतिवेदन बुझाएपछि आयोगका सदस्य शर्माले घटनामा…

Read More

लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

Read More