काठमाडौं। सुरक्षा निकाय फागुन २१ को निर्वाचनमा खटिइरहे बेला प्रहरीले विभिन्न जिल्लाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
प्रहरीले मकवानपुर, धनकुटा र ललितपुरबाट उक्त परिमाणको गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४३८ किलोग्राम सहित कैलाश गाउँपालिक–१० बस्ने २७ वर्षीय रामबहादुर मोक्तानसमेत २ जनालाई बुधरबा राती प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेको लु।१ च २१५२ नम्बरको बोलेरो गाडी र बाप्र०३–००५प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ किलोग्रामसहित सोही गाउँपालिका–७ बस्ने ३३ वर्षीय प्रकाश राईसमेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो। प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना३च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







